केरा

केरा खेतीको प्रविधि

नेपाल भरीमा तराईदेखि ८०० मिटर (२५०० फुट) सम्म सबैजग्गा उपयुक्त छ । केरा खेतीको लागि १००० मि.मी. देखि २००० मि.मी. वर्षा तथा २५०°C देखि ३५०°C सम्मको तापमान अत्यन्त अनुकुल मानिन्छ ।

बढी मात्रामा जैविक कार्वनिक पदार्थको उपस्थितिमा केरा खेतीलाई फाइदाजनक हुन्छ । माटोको पी.ए.  (PH)   ६.० देखि ७.५ सम्म उपयुक्त हुन्छ । बाली लगाउन भन्दा पूर्व माटो परीक्षण गराई उपयुक्त न्युटरियेन्ट (माइक्रो न्युरियेन्ट समेत) को मात्रा अनुसार मल प्रयोगले किफायतको साथै राम्रो बाली लिन मद्दत हुन्छ ।

वर्षाको समयमा पनि खेतमा पानीको जमाव कुनै पनि ठाउँमा हुनु हुँदैन । वर्षा रोकिएको १२ घण्टा भित्र खेतको सतहबाट पानी पूर्ण रुपले निस्की सक्नु पर्दछ । यो अति आवश्यक कुरा हो ।

नेपालको लागि जेष्ठको आखिरी सप्ताह देखि आषाढ मसान्त सम्मको अवधि विरुवा रोप्नको लागि उपयुक्त हुन्छ । तर सिंचाईको राम्रो प्रबन्ध भएमा फाल्गुण चैत्रमा बाली लगाउँदा अफसिजनको बालीले गर्दा राम्रो फाइदा लिन सकिन्छ ।

(क)   बाली लगाउनु भन्दा १०/१२ हप्ता अगावैढैचा, सनई (Sun Hemp) र सयपत्री (Merigold) लगाउँदा निकै फाइदा हुन्छ । सनई तथा सयपत्रीले नेमाटोड बाट राम्रो सुरक्षा दिन्छ । केराबाली लगाउन २/३ हप्ता अगाडि हरियो बालीलाई २/३ पटक जोती पानीको सिंचाई गरी दिनु पर्दछ । कम्तीमा २/३ सप्ताह हरियो पदार्थलाई कुहिनको लागि दिनु पर्दछ ।

(ख)   खेतलाई जोत्दा लेबलर प्रयोग गरी समथर गर्न आवश्यक हुन्छ । लेजर लेवलरको प्रयोग अति राम्रो हुन्छ ।

(ग)    केरा रोप्न २०/३० से.मी. अग्लो र ७५/९० से.मी. चौडा बेड बनाउँदा पानी जम्ने समस्याको राम्रो समाधान हुन्छ । एक डैंगबाट अर्को १८० से.मी. दुरीमा राखिन्छ । दुई डैंगको माझबाट सिंचाई गर्न पनि सुविधा हुन्छ साथै खर पतवार निकाल्ने पावर टिलरको प्रयोगमा पनि सुबिधा हुन्छ ।

(घ)    ४५ से.मी. × ४५ से.मी. × ४५ से.मी. को खाल्टो हरु डैंगमा १८० से.मी.को दूरीमा गरी ५/७ दिनसम्म सुखाउने र त्यसपछि तल उल्लेखित सामानहरु माटोमा मिसाई खाल्टोलाई राम्रोसित भरी हाल्नु पर्दछ । खाल्टोलाई पुरेपछि राम्रोसित सिंचाई गरी माटोलाई राम्रो सित जम्न दिनु पर्दछ ।

कम्पोष्ट मल कम्तिमा १० के.जि. (अति आवश्यक) (सके १५ के.जी.)
नीम वा तोरीको पीना – २५० ग्राम
खरानी – १ देखि २ के.जी.
सिंगल सुपर फास्फेट – १५० ग्राम
नेमाटोड विषादी – तल लेखिए बमोजिम

नोट:
(क)    विषादीको हकमा कुनै एउटा प्रयोग गरे हुन्छ ।
काडुवाफोस – १० ग्राम
करटाप हाइड्रोक्लोराइड – १२ ग्राम
फोरेट – १२ ग्राम
कार्बोफ्युरान – २० ग्राम

(ख)    विषादीको प्रयोग गर्दा सरकारी नियमहरु ध्यानमा राख्नु पर्दछ ।

(ग)    SSP को प्रयोग DAP भन्दा राम्रो हुन्छ किनभने यसबाट कैल्सियम तथा सल्फर पनि प्राप्त हुन्छ । (तर SSP नपाएमा ७५ ग्राम DAP प्रयोग गरे हुन्छ)

बिरुवालाई सावधानीले चीसो पारिएको जग्गामा राखी माथिबाट छायाँ गर्नु पर्दछ । पाली बैगकोमाटोलाई आवश्यक सिंचाई गर्दै नम राख्नु पर्दछ ।

खाल्टोहरु भरी तैयार गरेको ५/७ दिनपछि कम्तिमा २५ देखि ३० से.मी.सम्म उचाईका टिसु कल्चर बिरुवाहरुलाई खेतमा सार्नुपर्दछ । चर्को धाम लागेको बेलामा सार्नु हुँदैन । तल बमोजिम साबधानी राख्ने :

(क)    पाली बैगलाई काटी हटाउँदा माटो चल्नु हुँदैन नत्र जरामा चोट लाग्छ ।
(ख)  बिरुवा राखेपछि माटोले चारैतिरबाट दवाई दिनु पर्दछ । बोट सार्दा पाली बैगको माटोको सतह र डैंगको सतह बराबरमा राख्नु पर्दछ ।
(ग)    हल्का सिंचाई पनि साथै साथ गर्दै जाने ।
(घ)  उपलब्ध भएमा ५ ग्राम सूडो मोनास फ्लोरोसेन्स तथा ट्राइकोडर्मा नामक बायो औषधी बोटको चारैतिर छर्की दिनु पर्दछ । यो विरुवा सारेको १५ दिनसम्मा गर्न सकिन्छ । तर खाल्टो पुर्दा समयमा हाल्नु सबैभन्दा राम्रो छ ।
(ङ)    खेतमा नमीको कमी हुनु हुँदैन ।
(च)    विषादी/औषधीको प्रयोग गर्दा सरकारी नियमको पालना गर्ने ।

खेतमा सके १५/२० दिनमा खर पतवार झिक्नु पर्दछ । खर पतवारले हालेको मल त कम गर्ने नै हो तर साथै किट तथा रोगहरु बढाउनमा धेरै मद्दत गर्दछ ।

डैंगको माझमा कम्ति समयावधिका कोसा बाली आदि जस्तै मूँग, गेडागुडी, मूला, साग, सयपत्रीहरु लिन सकिन्छ । तर लहरा जाने र भन्टा टमाटर (सोलानिसियस) हरु लगाउनु हुँदैन । यसले वाइरस संक्रमणको भय हुन्छ । सहबाली लगाउँदा केरालाई पनि फाइदा हुन्छ ।

(क)    गरम मौसममा ७–१५ दिनमा आवश्यक सिंचाई गर्नु पर्दछ ।
(ख)    जाडोमा पनि १५–१५ दिनमा हल्का सिंचाई गर्नु पनि नितान्त आवश्यक छ । यसले चिसोले हुने नोक्सानी रोक्दछ ।
(ग)    खेतमा पर्याप्त नमी सदैब बनाई राख्नु पर्दछ तर पानी जम्न दिनु हुँदैन ।

मलको प्रयोग
चार्ट अनुसार मल प्रयोग गर्नको लागि सिफारिस गरिएको छ । निकटको कृषि विशेषज्ञ/अधिकृत सित सल्लाह गर्दा उपयुक्त हुन्छ ।

सकेसम्म खेत सफा राख्ने तथा पानी जम्न नदिएमा रोग / किटहरुको प्रकोप कम हुन्छ । तर कुनै पनि रोग लागेको शंका पनि भएमा तुरुन्तै कृषि अधिकृतको सल्लाह अनुसार अविलम्ब आवश्यक कीट नियन्त्रक / ढुसी नियन्त्रक / बैक्टेरिया नियन्त्रकहरुको उपयोग गर्नु पर्दछ । साथै कीटहरु देख्दैमा सम्बन्धित किटनासकको प्रयोग गर्नुपर्दछ ।

माथि उललेखित कृषि कर्महरुको राम्रोसित परिचालन गर्नको साथै निम्न कुरामा पनि ध्यान दिनु पर्दछ ।

(क)    खेतको माटोलाई कडा भई जम्न दिनु हुँदैन । गोडमेल गरी माटो हलुका राख्ने ।
(ख)    केराको बोटको फेदबाट निस्किने सबै सकरहरुलाई महिनाको एक पटक काटी हटाउनु पर्दछ । अन्यथा बालीको परिमाणामा निकै कमी हुन्छ । फूल आई सकेपछि उम्रेको एउटा सोर्ड सकरलाई अर्को बालीको लागि राख्ने तर अन्य बाँकी सकरहरुलाई हटाउँदै जानु पर्दछ ।
(ग)    विरुवा सारेको ३/४ महिना पछि बोटको चारैतिरबाट माटो थप्ने । यो प्रक्रिया ७/८ महिनापछि फेरि गर्ने । यसले बोटलाई टेका दिन्छ ।
(घ)   फूल फूलेपछि जब सबै कोसाहरु निस्की सकिन्छ, त्यसपछि तलको पूललाई काटी दिनु पर्दछ । यसबाट घारको बजन बृद्धि हुन्छ ।
(ङ)    सबै कोसाहरु निस्की सकेपछि बाँस आदिको मद्दतले घारलाई टेका दिनु पर्दछ । अन्यथा हावाहुरीमा बोट ढल्ने संभावना उच्च हुन्छ ।
(च)   केराको कटानकोएक हफ्ता अगाडिदेखि सिंचाई बन्द गर्नु पर्दछ ।
(छ)    घार काटेपछि त्यस बोटलाई फेद भन्दा १२० से.मी. माथिदेखि काटी दिनु पर्दछ । काटियेको बोटले नयाँ बोटलाई तैयारी खुराक पुर्याउँछ।

स्प्रेद्वारा पातहरुमा मल तथा विभिन्न माइक्रो न्युटिसेन्टकोस्प्रे गर्दा कम खर्चमा धेरै नै फाइदा हुन्छ । चार्ट अनुसार स्प्रेको झोल बनाई सबै पातको दुवै तिर भिज्ने गरी स्प्रे गर्ने ।
पानी – १५ लिटर
बनाना माइक्रो मिक्स – ७५ ग्राम
बनाना फर्टिलाइजर मिक्स – १५० ग्राम
(तर पहिलो ६० दिनसम्म आधी मात्र) )

नोट:–

(१)    विषादीको स्प्रे गर्नुपर्नेमा माथिको समानसँग मिसाई प्रयोग गर्न सकिन्छ ।
(२)   ३० दिनको फरकको साटो अझैं छिटो स्प्रे गर्दा पनि फाइदा नै हुँदै गरेको देखियेको छ

महिना (लगभग) रोपछिको दिन SSP DAP UREA MOP स्प्रे
आषाढ 10 X X 25 X X
आषाढ 30 100 X 25 50
श्रावण 60 100 X 40 50 X
भाद्र 90 100 X 40 50
आश्विन 120 X X 50 50
कार्तिक 150 X 25 50 60
मंसिर 180 X X 50 60 X
पौष 210 X X 25 25 X
माघ 240 X X 25 25
फाल्गुन 270 X 25 60 100
चैत्र 300 X 25 60 120
बैशाख 330 X 25 60 120
जेष्ठ 360 X X 60 120
आषाढ 390 X X 60 120
जम्मा प्रति बोट ३०० ग्राम १०० ग्राम ६३० ग्राम ९५० ग्राम १० पटक (कम्तीमा)
कुनैपनि शंका लागेमा कृषि अधिृकतबाट सल्लाह गर्नु नै उचित छ । यस प्रा.लि.बाट पनि सम्पर्क गरी जानकारी लिन सकिन्छ ।