हाम्रो परिचय

हाम्रो बारेमा

श्रीराम निकेतन बायोटेक प्रा.लि. (नेपाल)

श्रीराम निकेतन बायोटेक प्रा.लि. कृषि क्षेत्रको आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्ने राज्यको मूल अभिष्टलाई अभिवृद्धि गर्ने उद्देश्य एवम् अठोटका साथ निजी क्षेत्रबाट प्रबद्र्धित टिस्यु कल्चर कम्पनी हो । यो कम्पनी ललितपुर जिल्लाको नैसर्गिक वातावरण रहेको गोदावरीमा स्थापना गरिएको छ ।

यस कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप, नवीनतम् प्रविधिका स्तरीय उपकरणहरु जडान गरी, टिस्यु कल्चर प्रयोगशालाले अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा मापदण्डहरु पूरा गर्दै विज्ञहरुको संलग्नतामा आफ्ना उत्पादन गरिरहेको छ ।

श्रीराम निकेतन बायोटेक प्रा.लि. द्वारा प्रबद्र्धित टिस्यु कल्चर प्रयोगशालाले परम्परागत एवम् निर्वाहमुखी कृषि प्रणालीलाई अत्याधुनिक तथा व्यवसायीकरण गर्ने गरी वैज्ञानिक अवधारणा लिएर आम नेपाली कृषक दाजुभाई तथा कृषि कर्म गर्न इच्छुक संस्था/निकायहरु माझ प्रयोगशालाबाट उत्पादित गुणस्तरीय बिरुवा लिएर आएको छ ।

थरी थरीका बालीका विभिन्न मौसमी आवश्यकता हेरी यस कम्पनीले आफ्ना प्राविधिकहरुको रेखदेखमा किराहरुबाट सुरक्षित, नेट-कम-शेड हाउसहरु गोदावरी र परसवा (जितपुर) वीरगञ्ज महानगरपालिकामा स्थापना गरी गुणस्तरीय बिरुवा उत्पादन गरिरहेको छ । परसवास्थित हार्डेनिंग सेन्टर तथा नर्सरी लगभग सात बिगाहा क्षेत्रफलमा फैलिएको छ ।